काठमाडौ । आगोले जलेका डोटीको सायल गाउँपालिका–२ भुर्केल्लाका रामबहादुर थापाका छोरा इशानको उपचारमा समस्या भएको छ ।
१४ महिनाका बालक इशान गएको असारमा आगोमा जलेर घाइते भएका थिए ।
दश दिनसम्म नेपालमा उपचार गर्दा निको नभएपछि अहिले भारतको नयाँ दिल्लीमा रहेको गंगाराम अस्पतालमा उपचार भइरहेको छ ।
आर्थिक अभावका कारण बालकको उपचारमा समस्या भएको स्थानीयबासिन्दा एवम् समाजसेवी भक्तबहादुर रोकायाले बताए ।
अहिलेसम्म एक लाख ६० हजार रुपैयाँ खर्च भैसकेको र थप ८५ हजार भारतीय रुपैयाँ आवश्यक परेको तर परिवारको आर्थिक अवस्था कमजोर रहेको पनि उनले बताए ।