जेठ ०४, २०८१, शुक्रबार
               

पश्चिम र मध्य तराईमा खासै पानी पर्न सकेन
धान रोपाइँ प्रभावित

नेपाल फ्ल्यास
साउन ०३, २०८०

ADVERTISEMENT

काठमाडौं । यसपालि मनसुन भित्रिएपछि अहिलेसम्म ५ सय २० दशमलव ७ मिलिलिटर पानी परिसकेको छ । 

मनसुनको अवधि चार महिनामा सामान्यतया देशभर १४ सय ७२ मिलिलिटर पानी पर्नु पर्छ । अहिलेसम्म यसको ३५ प्रतिशत मात्रै वर्षा भएको मौसमविद्को भनाइ छ ।   

यसपालिको मनसुन गएको जेठ ३१ गते भित्रिएको थियो । मनसुन भित्रनासाथ पूर्वी पहाडी क्षेत्रमा ठूलो वर्षा भए पनि पश्चिमी क्षेत्रमा झण्डै १० दिन ढिलो गरी सक्रिय भएको थियो ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार यसपालि अहिलेसम्म पहाडी क्षेत्रमा औसतभन्दा बढी नै वर्षा भएको छ ।

यस्तै, पूर्वी तराईमा औसत पानी परेको छ भने पश्चिम र मध्य तराईमा औसतभन्दा कम पानी परेको छ।

पश्चिम र मध्य तराईमा अहिले पनि खासै पानी पर्न सकेको छैन । यसले गर्दा धान रोपाइँ प्रभावित भएको छ ।

अहिलेसम्म जनकपुरमा सबैभन्दा कम वर्षा भएको छ । जनकपुरमा यसअघिका मनसुनमा पनि कम पानी पर्ने गरेको मौसम बिभागले जनाएको छ । 
तर, यसको कारणबारे अध्ययन भएको छैन । जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ ।

जुन महिना सकिसकेको छ । आज जुलाईको १९ तारिख हो । यसबीचमा देशभर ३५ प्रतिशत पानी परेको छ ।

अझै पानी पर्ने अवधि कायमै रहेकाले औसत अनुसार पानी पर्ने नपर्ने विषयमा अहिले नै भन्न नसकिने मौसमविद्को भनाइ छ । 

यसअघि जल तथा मौसम विज्ञान विभागले यसपालि मनसुनमा औसतभन्दा कम पानी पर्ने अध्ययन सार्वजनिक गरेको थियो ।

यस्तै, आज देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । आज ठूलो पानी पर्ने सम्भावना खासै नरहेको मौसमविद्ले बताएका छन् । 

यो पनि