जेठ ०४, २०८१, शुक्रबार
               

देशभर सामान्य बदली रही वर्षाको सम्भावना

नेपाल फ्ल्यास
साउन ०२, २०८०

ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज देशभर आंशिक देखि सामान्य बदली रही वर्षाको सम्भावना रहेको जनाएको छ ।

मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदरको स्थानभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ । मौसम बिभागका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । अहिले बाग्मती र गण्डकी प्रदेशका धेरै र बाकिँ प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै र बाकिँ प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंसिक देखि सामान्य बदली रहनेछ भने सबै प्रदेशका पहाडी भूभागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका एकदुई स्थानमा मेघगर्जन सहित भारी वर्षाको पनि सम्भावना रहेको छ ।

यो पनि