बैशाख २१, २०८१, शुक्रबार
               

नैमिशारण्य गुरुकुल काभ्रेबाट शैक्षिक सामग्री वितरण अभियान प्रारम्भ

नेपाल फ्ल्यास
असार २३, २०८०

ADVERTISEMENT

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले काभ्रेको नैमिशारण्य गुरुकुलबाट शैक्षिक सामग्री वितरणको शुभारम्भ गरेको छ । शनिवार गुरुकुलका छात्रहरूलाई परिषद्ले शैक्षिक सामग्री वितरण गरेको हो ।

कार्यक्रममा नैमिशारण्य विकास क्षेत्रका अध्यक्ष मुकुन्द उपाध्याय, विद्यार्थी परिषद्का राष्ट्रिय संगठन सचिव नारायणप्रसाद ढकाल, राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनी, गुरुकुलका प्राचार्य दिव्यमणि अधिकारीलगायत सामाजिक एवं शैक्षिक व्यक्तित्वहरूको उपस्थिति थियो ।
परिषद्ले देशका कुना काप्चामा पुगेर विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्दै आएको छ । यस वर्ष देशका १५ जिल्लाका विद्यालय स्तरका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गर्ने जनाएको छ ।

प्राज्ञिकले तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बागलुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेलधुरामा शैक्षिक सामाग्री वितरण गर्ने राष्ट्रिय महासचिव विष्णु प्रसाद पंगेनीले जानकारी दिए ।

शैक्षिक सामाग्रीमा ब्याग, कपी, कलम, रेपिडेक्स पुस्नकल, जमेक्ट्री बक्स, नेपाली वृहत् शब्दकोश, टोली लगायत सामाग्री छन् । ती सामाग्री २५ सय २५ विद्यार्थीलाई वितरण गर्ने जनाइएको छ ।

प्राज्ञिक विद्यार्थी परिषद् कुनै पनि दलको भातृ संगठन होइन । २०५२ सालमा स्थापना भएको परिषद्ले देशका कुनाकाप्चामा पुगेर विद्यार्थी माझबाट असल, कुशल, राष्ट्रप्रेमी, योग्य नागरिक निर्माण गरी समृद्ध र आदर्श राष्ट्र पुनर्निर्माण महत्त्वपूर्ण भूमिका निभाइरहेको छ ।

यो पनि