बैशाख २१, २०८१, शुक्रबार
               

विद्यार्थी परिषद्ले २५२५ विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दै

नेपाल फ्ल्यास
असार २२, २०८०

ADVERTISEMENT

प्राज्ञिक विद्यार्थी परिषद् नेपालले १५ वटा  जिल्लाका २५२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने भएको छ । 

शुक्रवार राजधानीमा पत्रकार सम्मेलन गरेर  परिषद्ले देशका १५ जिल्लाहरूका १६ वटा  विद्यालयमा अध्ययनरत २५२५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने जानकारी दिएको हो  ।

प्राज्ञिकले हिमाल, पहाड र तराईका जिल्लाहरू तेह्रथुम, संखुवासभा, सिराहा, काभ्रे, सिन्धुली, रौतहट, बारा, मकवानपुर, रुपन्देही, बागलुङ, गुल्मी, रोल्पा, कालिकोट, जुम्ला र डडेलधुरामा शैक्षिक सामाग्री वितरण गर्ने गइरहेको  राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले जानकारी दिए ।

शैक्षिक सामग्रीहरूमा ब्याग, कपी, कलम, रेपिडेक्स पुस्तक जेमेट्रिक बक्स, नेपाली वृहत् शब्दकोश, टोपी लगायत रहेको छ ।

प्राज्ञिकका राष्ट्रिय महासचिव विष्णुप्रसाद पंगेनीले विगतमा पनि विपन्न आर्थिक अवस्थाका विद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको जानकारी दिए । उनले असल र कुशल व्यक्ति निर्माणमा प्राज्ञिकले  निरन्तर  क्याम्पस विश्वविद्यालय र विद्यालयहरूमा आफ्नो रचनात्मक गतिविधि सञ्चालन गरिरहेको बताए ।  

कार्यक्रममा प्राज्ञिकका राष्ट्रिय मिडिया कार्य प्रमुख कृष्णप्रसाद हुमागाईँले विद्यार्थी परिषद्ले सेवा सँगसँगै क्याम्पस विश्वविद्यालयलाई दलीय भागबन्डाबाट मुक्त राख्ने, माटो सुहाउँदो स्वदेशी विचार, संस्कार र संस्कृति झल्किने शिक्षा नीति निर्माणमा पनि उदाहरणीय कार्य गरिरहेको बताएका थिए । साथै उच्च शिक्षासम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा विद्यार्थीले पढ्न पाउनु पर्ने र नेपाली भाषाको संरक्षण गर्ने अभियानमा पनि परिषद्ले  आवाज उठाइरहेको जानकारी दिँदै यस विषयमा सबैले साथ दिनुपर्ने बताएका थिए । 

विद्यार्थी परिषद्ले गत वर्ष पनि ११ वटा हिमाली जिल्लाका १८ सय भन्दा बढी विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको थियो । 

परिषद्ले नेपालबाहेक भारत सरकार, भारतीय जनताको सहयोगमा उक्त शैक्षिक सामग्रीहरू वितरण गर्न गइरहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यो पनि