जेठ ०३, २०८१, बिहीबार
               

रुवी भ्याली गाउँपालिका अध्यक्षले शिक्षकलाई थप्पड हानेपछि...

नेपाल फ्ल्यास
असार १०, २०८०

धादिङको रुवी भ्याली गाउँपालिकाको गाउँसभामा झडप । गाउँपालिका अध्यक्ष रामसिंह तामाङको कुटाइबाट शिक्षक सख्त घाइते भएका छन् ।
ADVERTISEMENT

सामान्यतया गाउँसभामा पालिकाको विकास र समृद्धिका लागि छलफल हुन्छ । तर धादिङको रुवी भ्याली गाउँपालिकामा विकासको मुद्दामा छलफल होइन, दुई पक्षबीच झडप भएको छ ।

विवाद भए समाधान खोज्नु पर्नेमा गाउँपालिका अध्यक्ष रामसिंह तामाङले नै शिक्षकलाई दुई थप्पड हानेपछि स्थिति असामान्य बनेको हो ।

आइतबार गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औँ गाउँसभा अधिवेशनको क्रममा विवाद भएको हो ।

गाउँपालिकाले शिक्षकहरूको तलब रोकेपछि शिक्षक ऋषिराम खनालसहितले गाउँपालिका अध्यक्ष तामाङलाई ज्ञापनपत्र दिने प्रयास गरेका थिए । तर अध्यक्ष तामाङले शिक्षक खनाललाई दुई थप्पड हानेपछि स्थिति एकाएक चर्किएको थियो । अध्यक्ष तामाङले ज्ञापनपत्रसमेत च्यातेर फाल्दै गालीगलौजसमेत गरेका थिए ।

त्यसपछि रुवी भ्याली ४ का युवा र अध्यक्ष तामाङबीच विवाद भएको थियो । स्थिति बढ्दै गएर हात हालाहालसम्म हुन पुग्यो ।

अध्यक्ष समर्थित रोमी घले, मर्कुस घले र ओमबहादुर तामाङसहितको समूहले बोराङ गाउँका युवामाथि आक्रमण गरेपछि सुकलाल तामाङ, सुरेन्द्र तामाङ र शिक्षक ऋषिराम खनाल घाइते हुन पुगेका छन् । शिक्षक खनाल सख्त घाइते छन् । उनको सेर्तुङ स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

अध्यक्ष समर्थकको आक्रमणबाट गम्भीर घाइते सुकलाल तामाङको टाउकोमा चोट लागेको छ ।

रुवी भ्यालीमा माओवादीका रामसिङ तामाङ अध्यक्ष र नेपाली कांग्रेसकी फेलामा तामाङ उपाध्यक्ष छन् । २०७४ सालको निर्वाचनमा राप्रपाले बहुमत जितेको रुवी भ्यालीमा गत स्थानीय निर्वाचनमा राप्रपाबाहेकका राजनीतिक दलहरू तालमेल गरी चुनावमा उत्रिएका थिए । 

यो पनि