बैशाख १४, २०८१, शुक्रबार
               

६ रुपैयाँमा हेयर कट र नेल आर्ट सुविधा

नेपाल फ्ल्यास
जेठ १२, २०८०

ADVERTISEMENT

काठमाडौंको दरबारमार्गमा रहेको डिभान ब्युटी सोलनले यही जेठ १३ गते शनिबारका दिन जम्मा ६ रुपैयाँमा हेयर कट र नेल आर्टको सेवा दिने भएको छ । 

सेवा शुभारम्भको ६ औँ वार्षिकोत्सबको अवसरमा ६ रुपैयाँमा सेवा दिन लागिएको डिभान प्रबन्ध निर्देशक रमेश पराजुलीले जानकारी दिएका छन् ।

कम शुल्कमा गुणस्तरीय सेवा दिइरहे पनि वार्षिकोत्सव दिन अझै धेरै नेपालीलाई सेवा दिन सकियोस् भनेर रु ६ मा सेवा दिने निर्णय गरिएको डिभानले जानकारी दिएको छ । यो अफरले धेरै भन्दा धेरैले डिभानको गुणस्तरीय सेवा लिन पाउने भएकाले हरेक पटक वार्षिकोत्सवका दिन वार्षिकोत्सव अनुसारको शुल्कमा डिभानले सेवा दिइरहेको छ । 

आगामी वर्षमा काठमाडौं थप ६ ठाउँमा मिनी सलुन सुरु गरेर सेवा थप विस्तार गर्ने र चाँडै काठमाडौं बाहिरका सहरहरूमा पनि सेवा विस्तार गर्ने डिभानले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि