बैशाख १३, २०८१, बिहीबार
               

भकाभक विद्यार्थी बेहोस भएपछि...

नेपाल फ्ल्यास
फागुन १५, २०७९

ADVERTISEMENT

नवलपरासी । नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)को परासीस्थित आदर्श माविका छात्राहरू अचानक बेहोस हुन थालेपछि विद्यालयको पठनपाठन बन्द गरिएको छ । 

आइतबार र सोमबार लगातार विद्यार्थी बेहोस हुने क्रम बढेकाले  दुई दिनका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक दीपक भट्टराईले जानकारी दिए । 

विद्यालयमा कक्षा ६ देखि ९ सम्म अध्ययनरत छात्रामा बेहोस हुने समस्या देखिएको उनको भनाइ थियो । “आइतबार विद्यालयमा प्रार्थनाको समयमा छ छात्रा बेहोस भएका थिए”, उनले भने, “आज विद्यालय सुरु हुन लाग्दा थप दश छात्रा बेहोस भएपछि पृथ्वीचन्द्र अस्पतालमा उपचारका लागि उनीहरूलाई पठाइएको छ ।”

रोग पत्ता नलागेकाले अन्य विद्यार्थीलाई सङ्क्रमण नहोस् भनेर नगरपालिकाको समन्वयमा आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरिएको विद्यालयले जनाएको छ । 

अस्पतालमा हाल दश छात्रा उपचाररत रहेका र सङ्ख्या बढ्दै जानसक्ने पृथ्वीचन्द्र अस्पतालका मेसु डा मोहम्मद नुरुल होदाले बताए । 

हिजो आएका तीन जनालाई उपचारपछि घर पठाइएको र आज दश जनाको उपचार भइरहेको उनको भनाइ थियो । “यो मास हिस्टेरिया हुनसक्ने भएकोले विद्यालयमै पुगेर अध्ययन गरिने छ” मेसु होदाले भने, “मानसिक समस्याका कारण यस किसिमको रोग देखिने भएकाले स्वास्थ्यकर्मी परिचालन गरेर विद्यालयका शिक्षक तथा अभिभावकलाई काउन्सिलिङ गर्न लागिएको छ ।”


कस्तो लाग्यो ?

यो पनि