बैशाख १६, २०८१, आइतबार
               

नेता भण्डारीलाई थप उपचारका लागि भारत लाने तयारी

नेपाल फ्ल्यास
फागुन ०४, २०७९

ADVERTISEMENT

काठमाडौं । सिलिन्डर ग्यास विस्फोटमा परी घाइते कांग्रेस नेता तथा प्रतिनिधिसभाका सदस्य चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लगिने भएको छ ।

हाल कीर्तिपुरको बर्न अस्पतालमा उपचाररत भण्डारीलाई चिकित्सकको सल्लाहअनुसार भारत लैजाने तयारी गरिएको हो ।

चिकित्सकका अनुसार, चन्द्रको फोक्सो र दाहिने भागमा बढी असर गरेको छ । यही असरलाई मध्यनजर गर्दै चिकित्सकले भारत लैजाने सल्लाह दिएका हुन् ।

घटनामा घाइते भण्डारीको आमाको पनि सोही अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था भने चिन्ताजनक रहेको बताइएको छ ।

भण्डारीको बुद्धनगरस्थित निवासमा बुधबार राति ग्यास सिलिन्डर विस्फोट भएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानले असावधानीवश ग्यास खुला छाड्दा दुर्घटना हुन पुगेको देखाएको छ ।


कस्तो लाग्यो ?

यो पनि