बैशाख १६, २०८१, आइतबार
               

राष्ट्रपतिको सवारी हुँदा पैदल हिँड्न पनि अवरोध, प्रहरीले पिट्यो डाक्टर

नेपाल फ्ल्यास
माघ २७, २०७९

ADVERTISEMENT

राष्ट्रपतिको सवारीको बेलामा सवारी साधन आवागमनमा रोक लगाइनु त सामान्य नै भइसक्यो । तर अब त पैदल आवतजावतमा पनि प्रहरीले निषेध गर्न थालेको छ ।

शुक्रवार राष्ट्रपतिको सवारीको बेलामा पैदल हिँड्दा एक जना चिकित्सक पिटिएका छन् ।

राष्ट्रपतिकाे सवारीका क्रममा प्रहरीले आफूहरूमाथि कुटपिट गरेको भन्दै वीर अस्पतालका चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् ।

ड्युटीमा रहेका बेला प्रहरीहरू आएर आफूहरूमाथि कुटपिट गरेको भन्दै उनीहरूले अस्पताल बाहिर सडकमा विरोध प्रदर्शन गरेका थिए । चिकित्सकहरूको विरोधका कारण केहीबेर यातायात अवरुद्ध भएको थियो ।

राष्ट्रपतिको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंह घाइते भएका हुन् ।

वीरका चिकित्सक जाफिर आलमले अस्पतालको परिचय पत्र देखाउँदा देखाउँदै प्रहरीले कुटपिट गरेको बताए । घटनामा संलग्नलाई कारबाही नगरेसम्म अस्पतालमा सेवा सुचारु गर्न सक्ने अवस्थामा नरहेको उनले बताए ।

राष्ट्रपति भण्डारी संसद्को दुवै सदनलाई सम्बोधन गरेर फर्कने क्रममा प्रहरीले दुर्व्यवहार गरेको थियो ।

प्रहरीले भने चिकित्सकहरूले हात उठाएपछि प्रतिकारमा लाठीचार्ज गर्नुपरेको जनाएको छ ।

यो पनि