बैशाख २२, २०८१, शनिबार
               

सशस्त्रको डिआइजीमा को को भए सिफारिस?

नेपाल फ्ल्यास
माघ २६, २०७९

ADVERTISEMENT

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल (एपीएफ) मा रिक्त चार नायव महानिरीक्षक (डिआइजी) का लागि बढुवा सिफारिस निकालेको छ ।

एकै मितिमा भर्ना भएका चार एसएसपीलाई बढुवाका लागि सिफारिस गरिएको हो । सिफारिसको सूचीमा सुरेशकुमार श्रेष्ठ, अन्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा क्रमशः पहिलोदेखि चौथो स्थानमा छन् ।

उनीहरू सबै २०५९ सालमा प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका हुन् । उनीहरू पहिलो ब्याचका इन्स्पेक्टर हुन् । एपीएफमा हाल रहेका डिआइजीका १६ दरबन्दीमा आइजिपी राजु अर्यालका भर्ना ब्याची तीन जना छन् ।

बढुवा सिफारिसविरुद्ध ७ दिनभित्र उजुरी दिन सकिनेछ ।


कस्तो लाग्यो ?

यो पनि