चैत १६, २०८०, शुक्रबार
               

बुढीगंगामा मतगणनाको तयारी

नेपाल फ्ल्यास
असार २४, २०७९

ADVERTISEMENT

बाजुराको बुढीगंगा नगरपालिकामा हिजो सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना आजदेखि सुरु हुँदै छ। 

मतगणना सुरु गर्नका लागि सर्वदलीय बैठक बस्न लागेको निर्वाचन अधिकृत लक्ष्मण कडायतले जानकारी दिए। 
वैशाख ३० मा भएको मतदानमा धाँधली भएको भन्दै बुढीगंगामा हिजो पुनः मतदान गरिएको हो। पुनः मतदानमा कुल ६६ दशमलव ७५ प्रतिशत मत खसेको छ। 

वैशाख ३० गतेको मतदानमा ७५ दशमलव ७८ प्रतिशत मत खसेको थियो। १३ हजार ६५९ कुल मतदाता रहेको बुढीगंगामा ९ हजार ११७ मत खसेको छ। 

बुढीगंगाको प्रमुखमा कांग्रेसबाट रङ्गबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँबीच प्रतिस्पर्धा छ।


कस्तो लाग्यो ?

यो पनि