बैशाख १३, २०८१, बिहीबार
               

आज सरस्वती पूजा, विद्याकी देवीको पूजा आराधना गरिँदै

नेपाल फ्ल्यास
माघ २३, २०७८

ADVERTISEMENT

माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०:२३ बजेको साइतमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ ।

यस दिनलाई विद्या, बुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा श्रीपञ्चमीको गरिमालाई आत्मसात् गर्न अनुरोध गरेकी छन् । वसन्तपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो अनुरोध गरेकी हुन् । 

स्रष्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्छन् । किसानका निम्ति वसन्तपञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिइन्छ । 

सरस्वती पूजाकै दिन नाबालकले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । सङ्गीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । 


कस्तो लाग्यो ?

यो पनि