बैशाख १४, २०८१, शुक्रबार
               

मुस्कान खातुनलाई तीन लाख सहयोग

नेपाल फ्ल्यास
पुस २२, २०७८

ADVERTISEMENT

सरकारले एसिड आक्रमणमा परेकी वीरगन्जकी मुस्कान खातुनलाई तीन लाख रुपैयाँ दिने भएको छ ।

मन्त्रिपरिषद् बैठकले मुस्कानलाई आर्थिक सहायता दिने निर्णय हो । सरकारको नियमित प्रेस ब्रिफिङका क्रममा बिहीबार सरकारका प्रवक्ता एव‌ं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले त्यसबारे जानकारी दिएका हुन् ।

तीन वर्ष अगाडि १५ वर्षको हुँदा एक युवकले खातुनलाई एसिड प्रहार गरेका थिए । मुस्कानको मुस्कान खोस्ने प्रयत्न गरे पनि उनी बलियो आत्मविश्वाससहित बाचेकी थिइन् । उनको करिव सात महिनासम्म अस्पतालमा उपचार भएको थियो ।

मुस्कानलाई २०२१  मा अमेरिकी सरकारले अन्तर्राष्ट्रिय साहसी महिलाको अवार्ड  दिएको थियो ।

एसिड प्रहार गर्नेलाई कडा सजाय दिने कानुन संसदबाट हालै पारित भएको छ ।


कस्तो लाग्यो ?

यो पनि