बैशाख ०४, २०८१, मंगलबार
               

सप्तरीमा ठूलो परिणामको लागुऔषधसहित ४ जना पक्राउ

नेपाल फ्ल्यास
पुस ११, २०७८

ADVERTISEMENT

सप्तरी प्रहरीले ठूलो परिमाणमा लागुऔषध सहित ४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आइतबार पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । 

राजविराजबाट काठमाडौंको लाने तयारी गरेको अवस्थामा राखिएको बसको डिकीबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।  

गोप्य सूचनाको आधारमा लागुऔषध बरामद र संलग्न चार जनालाई पक्राउ गर्न सफल भएको र जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी अविनारायण काफ्लेले जानकारी दिए । 

टोलीले राजविराज नगरपालिका वडा नम्बर २ स्थित गुलाब ग्यारेज अगाडि बस पार्किङ गरी राखेको अवस्थामा चेक जाँच गर्दा उक्त परिणामको लागुऔषध बरामद भएको काफ्लेले बताए । 

बसको डिकीमा बोराभित्र लागुऔषध भेटिएपछि दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीय सञ्जय भुजेल र बोदेबरसाईन नगरपालिका वडा नम्बर ५ जाँजर बस्ने २१ वर्षीय अब्दुल रहेका प्रहरीले जनाएको छ ।

प्रहरीले एउटा बसबाट नाईटभेट १० लेखिएको ७० पत्ता, २ हजार १ सय ट्याब्लेट, एसपीएम पाइरोक्सभेन क्याप्सुल २ सय ८८ थान र डाइलेक्स डिसी १०० एमेल ३ सय ९९ थान बोतल लागुऔषध बरामद गरेको छ ।

पक्राउ परेका दुई जनालाई लागुऔषध सम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी अनुसन्धान भइरहेको एसपी काफ्लेले जानकारी दिए ।

यस्तै प्रहरीले सप्तरीबाटै खैरो हेरोइनसहित दुई जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेहरूमा सिरहाको लम्मीपुरपताईर गाउँपालिका वडा नम्बर ३ बस्ने २८ वर्षीय प्रमानन्द साह र सिरहाकै धनगढीमाई नगरपालिका वडा नम्बर ११ बस्ने २८ वर्षीय दीपेन्द्र कुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

उनीहरूलाई प्रहरीले हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित पूर्व–पश्चिम लोकमार्ग स्थित कंकालिनी मन्दिर अगाडी चेक जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार रहेको दुवै जनाको साथबाट ब्राउन सुगर ८ ग्राम ५ सय५० मिली ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालत सप्तरीबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि