बैशाख १४, २०८१, शुक्रबार
               

सिन्धुपाल्चोकमा आगलागी हुँदा ३ बालकको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०७, २०७८

ADVERTISEMENT

सिन्धुपाल्चोकको हेलम्बुमा एक तले गोठमा आगलागी हुँदा तीन बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार स्थानीय सन्त तामाङको घरसँगै रहेकाे गोठमा आगलागी हुँदा मानवीय क्षति भएको हाे । 

सोमबार बेलुका सात बजेतिर हेलम्बु–७ सरसिङका तामाङ गोठमा आगलागी हुँदा तीनजनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएकाे छ । मृत्यु हुनेमा गोठमा बसिरहेका सन्तका छोरा ६ वर्षका मनोज, स्थानीय सुकमान तामाङका छोरा पाँच वर्षका मनिष तथा साइला तामाङका छोरा पाँच वर्षका दिलबहादुर रहेका छन् ।

स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो बेलुका साढे ८ बजेतिर नियन्त्रणमा लिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि