बैशाख ०८, २०८१, शनिबार
               

गुरु नानक जन्मजयन्ती आज मनाइँदै

नेपाल फ्ल्यास
मंसिर ०३, २०७८

ADVERTISEMENT

शिख धर्मका प्रवर्तक गुरु नानकको आज शुक्रबार ५५३औँ जन्मजयन्ती । हरेक वर्ष कात्तिक पूर्णिमाका दिन शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्म जयन्ती मनाउने गरेका छन् ।

गुरु नानकको जन्म १५ अप्रिल १४६९ कार्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पन्जाब प्रान्तको तलबडी भन्ने ठाउँमा भएको थियो । यस स्थानलाई अहिले ननकाना भनिन्छ ।  गुरु नानक शिख धर्मावलम्बीका प्रथम गुरुसमेत हुन् । उनलाई उनका अनुयायीहरूले बाबा नानक, नानकशाह पनि भन्छन् । 

सन् १४८५ मा सुलक्खनी नाम गरेकी महिलासँग विवाह गरेका उनको श्रीचन्द दास र लक्ष्मीचन्द दास गरी दुई छोरा थिए । उनी ‘ईश्वर एक छन् ईश्वर नै सर्वशक्तिमान् हुन् र यो नै सत्य हो’ भन्ने मान्यतालाई आत्मसाथ गर्ने व्यक्ति थिए । उनले रचना गरेको जपुजी नामक ग्रन्थलाई शिख सम्प्रदायको गीताको रूपमा मानिन्छ । यसलाई शिखहरू नित्य पाठ गर्ने गर्दछन् । 

उनको मृत्यु २२ डिसेम्बर १५३९ मा भएको थियो । मृत्युअघि उनले आफ्नो गुरु गद्दीलाई आफ्ना शिष्य गुरु अंगददेवलाई जिम्मा लगाएका थिए । 

भारतको पन्जाबमा रहको पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरु नानकको जन्मजयन्ती मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गर्दै शिख धर्मावलम्बीहरूले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।


कस्तो लाग्यो ?

यो पनि