मंसिर ०७, २०८१, शुक्रबार
               

प्रचण्ड आउने भन्दै नगरपालिकाले दिएको सार्वजनिक विदा रद्द

नेपाल फ्ल्यास
मंसिर ०१, २०७८

ADVERTISEMENT

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुने कार्यक्रमलाई मध्यनजर गर्दै महोत्तरीको रामगोपालपुर गाउँपालिकाले आज दिएको सार्वजनिक बिदा रद्द गरेको छ । नगरप्रमुख अशोककुमार मण्डलले भूलबस प्रचण्ड आउने कार्यक्रमका लागि सार्वजनिक बिदाको सूचना हुन पुगेकाे बताएका छन् ।

यसअघि हिजो उनले गाउँपालिकामा निर्माण गरिएका स्वास्थ्य केन्द्रहरूको उद्घाटन गर्न पचण्ड आउन लागेको भन्दै सार्वजनिक बिदा दिइएको सूचना जारी गरेका थिए । उक्त सूचनामा जनाइए अनुसार रामगोपालपुर २, ३, ४, ६, ७, ८ र ९ मा निर्माण हुन लागेको आधारभूत स्वास्थ्य केन्द्रहरूको प्रचण्डले आज उद्घाटन गर्नेछन् ।

तर आज बिहान मेयर मण्डलले सार्वजनिक बिदा रद्द गरिएको बताउँदै सबै कार्यालयहरू खुल्ने जानकारी दिएका छन् । आज बिहान नयाँ सूचना जारी गर्दै उनले भूलबस सार्वजनिक बिदाको सूचना जारी भएको उल्लेख गरेका छन् । उनले समा चकेवा पर्वका अवसरमा नगरभित्रका विद्यालयहरू मात्रै आज बन्द रहने जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि