बैशाख ०८, २०८१, शनिबार
               

एकादशी मेलामा गएकाे जिप दुर्घटनामा परेका सबैको सनाखत

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

सुनकोशी  । ओखलढुंगाको सुनकोशी गाउँपालिका–९ बुलडाँडामा बोलेरो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । १३ जना घाइते छन् ।

ओखलढुंगाबाट च्यानम हुँदै ककनी मन्दिर जाँदै गरेको प्रदेश–३–०१–०२२ च ९६९४ नम्बरको बोलेरो सोमबार बिहान दुर्घटना भएको ओखलढुंगाका डिएसपी गोविन्द काफ्लेले रातोपाटीलाई बताए ।

काफ्लेका अनुसार दुर्घटनामा वर्ष ३५ की मिठुमाया मगर, वर्ष १६ की तुलसा मगर र खगेन्द्र मगरको मृत्यु भएको छ । उनीहरू सिद्धिचरण नगरपालिका–१० बेतिनीका स्थानीय हुन् । ककनीमा एकादशी मेला भर्न जिल्लाका अधिकांश ठाउँबाट मानिसहरू जाने गर्दछन् । 


कस्तो लाग्यो ?

यो पनि