जनकपुरमा हिन्दू र मुस्लिम समुदायबीच तनाव उत्पन्न भएपछि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलालले शनिबार २ बजेदेखि आइतबार राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीयबीच भएको विवादले शनिबार उग्र रूप लिएको हो । प्रजिअ बास्तोलाले भेला जुलुस, प्रदर्शन, घेराउ, र्याली, सभा जस्ता क्रियाकलाप गर्न नपाउने गरी मिति ०७८ कार्तिक २७ देखि दिउँसो २ बजेदेखि कार्तिक २८ को राति १० बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको जनाएका छन् ।