असोज ०६, २०८१, आइतबार
               

अदालत परिसरबाट दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन बारको माग

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

नेपाल बार एसोसिएसनले सर्वाेच्च अदालतमा दरबन्दीबाहेकका सुरक्षाकर्मी हटाउन र सर्वाेच्च अदालत र बारबीचको ढोका तत्काल खुल्ला गरी सहज आवागमन गर्ने वातावरण बनाउन सर्वाेच्च प्रशासनसँग माग गरेको छ । 

बार महासचिव लिलामणि पौडेलले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अदालतभित्र नियमित दरबन्दीका सुरक्षाकर्मीबाहेक अन्य सशस्त्र प्रहरी प्रवेश तत्काल रोकियोस्, अदालत र बारबीचको ढोका तत्काल खुला गरी सहज आवागमन गर्ने वातावरण बनाइयोस भनि सर्वोच्च अदालत प्रशासनसँग जोडदार माग गर्दछौँ।’ 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामाको माग दोहोर्‍याउँदै बारले अन्यथा बारको धैर्य टुट्न गई उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं प्रधानन्यायाधीश र अदालत प्रशासन नै हुने चेतवानी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि