असोज ०६, २०८१, आइतबार
               

महोत्तरीको बर्दिबासबाट भैरवको मूर्ति चोरी

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

महोत्तरीको बर्दिबासस्थित नवनिर्मित दुर्गा मन्दिरबाट आज भैरवको मूर्ति चोरी भएको छ । मन्दिरको झ्याल तोडफोड गरी उक्त मूर्ति चोरी भएको स्थानीयले बताएका छन् ।

`बिहानको समयमा मन्दिर जाँदा झ्याल तोडिएको थियो र भित्र हेर्दा भैरवको मूर्ति नै थिएन', स्थानीय विजय पोखरेलले भने । मूर्तिलाई दसैंको सप्तमीको दिन औपचारिक रूपमा स्थापना गरिएको थियो ।

यता स्थानीयले मूर्ति खोजिदिन इलाका प्रहरी कार्यालय बर्दिबासमा मौखिक उजुरी दिएका छन् । मौखिक उजुरीपछि प्रहरीले खोजी कार्यलाई तीव्रता दिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि