कात्तिक । प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।
२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इद सहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ ।
संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो । बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ ।