असोज ०६, २०८१, आइतबार
               

सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्द : राष्ट्रपति भण्डारी

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी १३७ फाल्गुनन्द जयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गरेकी छन् ।

फाल्गुनन्द जयन्तीको अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले सभ्य र सुसंस्कृत समाज निर्माणका अभियन्ता महागुरु फाल्गुनन्दका प्रेरणादायी उपदेश र मार्गदर्शनलाई अनुशरण गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव र सहिष्णुता कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सवल बनाउन सकिने विश्वास व्यक्त गरेकी छन् ।

सन्देशमा उनले फाल्गुनन्द जयन्तीले हामी सबैमा सहिष्णुता, सद्भाव, अहिंसा एवं समाज सुधारको महान अभियानमा लाग्न प्रेरणा प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेकी छन् । 


कस्तो लाग्यो ?

यो पनि