असोज ०६, २०८१, आइतबार
               

शिक्षामन्त्री पौडेल र सचिव थपलिया फ्रान्स भ्रमणमा

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल फ्रान्स भ्रमणमा गएका छन् ।

संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को ४१औँ महासभामा भाग लिन मन्त्री पौडेल बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फान्सको राजधानी पेरिसतर्फ प्रस्थान गरेका हुन् । 

मन्त्री पौडेलले बिहीबार महासभा बैठकमा सम्बोधन गर्ने कार्यक्रम रहेको उनको निजी सचिवालयले जानकारी दिएको छ । 

मन्त्री पौडेलसँगै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया, नेपालका स्थायी प्रतिनिधि राजदूत दीपक अधिकारी, युनेस्कोको लागि नेपालका सहायक महासचिव बाबुराम अधिकारीलगायत फ्रान्स भ्रमणमा गएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि