बैशाख २७, २०८१, बिहीबार
               

ट्रकको ठक्करबाट युवकको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

हेटौंडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक युवकको घटनास्थलमै मृत्यु भएको छ । हेटौंडाबाट मनहरीतर्फ गइरहेको बागमती प्रदेश ३००४प ७१९१ नम्बरको मोटरसाइकललाई ना७ख ८८१ नम्बरको ट्रकले मंगलबार विहान साढे ६ बजे ठक्कर दिएको हो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालका अनुसार ट्रकको ठक्करबाट हेटौंडा उपमहानगरपालिका–१२ का २० वर्षीय सुशान्त पुडासैनीको घटनास्थलमै मृत्यु भएको हो । रिमालका अनुसार ठक्कर दिने ट्रकका चालक लमजुङका ४९ वर्षीय पूर्णबहादुर भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि आवश्यक अनुसन्धान भइरहेको रिमालले जनाएका छन् । 


कस्तो लाग्यो ?

यो पनि