असोज ०६, २०८१, आइतबार
               

यस्ताे छ आज तपाईँकाे राशिफल

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

काठमाडौं । आज २२ कात्तिक, सोमबार । तदअनुसार ८ नोभेम्बर । कात्तिक शुक्लपक्ष चतुर्थी, मूल नक्षत्र सुरु भएर पूर्वाषाढा नक्षत्रले भोग गर्नेछ ।

चन्द्रमा धनु राशिमा र सुकर्मा योग छ ।  आज सूर्योदय बिहान ६ः२० र सूयास्त १७ः१३ मा हुनेछ । आज बिहान ७ः४२ देखि राहुकाल सुरु भएर ९ः०४ सम्म रहेछ । राहुकाल भएका समयमा शुभकर्म नगर्नु भनिएको छ ।

हरेक दिन राहुकाल र अभिजित मुर्हूत हुने गर्छ । शुभकर्मका लागि अभिजित मुहूर्तको समयमा गर्दा शुभ मानिन्छ । आजका देवता इन्द्र हुन । ग्रहदेव मंगल रहेको छ । सोमबार शिवको प्रियबार भएकाले शिवालयमा अलि भीड लाग्ने गर्छ ।

आजको राशिफल :
मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
रोजगारीको क्षेत्रमा सफलता हात लाग्नेछ । सोमबार भएकाले मेष राशिका जातकले नजिकको शिवालयको यात्रा गर्दा मनमा खसियाली छाउने छ । बिहानै शिवालयको दर्शन गरेर काम सुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ ।

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
व्यापार व्यवसायमा सोचेअनुसार नहुन सक्छ । त्यसैले आजको दिन व्यापारको कामबाट फाइदा नहुँदा पनि त्यति निराश नहुनु होला । आजको दिन तपाईँको मन, बचन र कर्म सकारात्मक हुन जरुरी छ । सकारात्मक सोचले मात्र तपाईँले आफ्नो दैनिककाम सम्पादन गर्नसक्नुहुन्छ । 
 
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनहरुले तपाईँमाथि अनेक आरोप लगाउन सक्नेछन् ।  दिन कष्टकर हुनेछ, मनमा पनि निराशा उत्पन्न हुनसक्छ । त्यसैले आज हरेक कुराका सकारात्मक सोच राख्न सक्नुभयो भने मात्र तपाईँमा खुसीयाली छाउने छ । 
   
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईँ र तपाईँसग विवाद गर्ने दुबै व्यक्तिको हानी हुनसक्छ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका समस्या हुनसक्छ । त्यसैले यात्रा गर्नुभन्दा पहिले राहुकाल छलेर शुभ साइतमा यात्रा गर्नुहोला ।

 मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यहरुसँग विवाद हुनसक्छ त्यसैले आजको दिन सिंह राशिका जातकले कम बोल्नु नैं बुद्धिमानी हुनेछ । 
 
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 
मनमा चिन्ता र भय उत्पन्न हुनेछ । तपाईको कारण आफन्तसँग सम्बन्ध बिग्रन सक्छ । स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ । अध्ययनअध्यापनबाट सफलताप्राप्त हुनेछ । कन्या राशिका जातकले आज स्त्रिको साथ सहयोगबाट कार्य गर्दा सफलता प्राप्त हुन्छ । आजको दिन केही आर्जित धनीराशिबाट घरमा महिलालाई केही उपहार दिनु राम्रो हुन्छ । 
 
तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
तपाईँले आजको दिन सुरु गरेको काम सफल हुनेछ । तपाईँको कार्यमूलक यात्रा हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नु होला । तपाईँलाई सफलता हात लाग्नेछ । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । 
 
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
चन्द्रमाको दृष्टिका कारण आज वृश्चिक राशिका जातकले सोचअनुसार काम हुनेछ । तपाईँले आफ्नो ग्रह बलियो भएको बेला कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ ।

आजको दिन तपाईले शिवालयमा गएर जल अर्पण गर्नुभयो भने सुनमा सुगन्ध हुनेछ । आजको दिन शिवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । 
 
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
धनलाभ हुनेछ । ग्रहहरु बलिया भएका छन् । त्यसैले आजको दिन तपाईँले सोचअनुसारको काम हुनेछ । सन्ताबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला ।  

 मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
तपाईँले गरेको कामबाट सम्मान मिल्नेछ । तपाईँलाई आफन्तजनको सहयोगले मनमा हर्ष प्राप्त हुनेछ । आजको दिन लक्ष्मीको आरधनाले तपाईँलाई मनमा प्रसन्नता छाउनेछ । विगतदेखि गर्दै आएका कामको मूल्याकन हुनेछ ।  
 
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजयप्राप्ति हुनेछ । व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन घर नजिकको मन्दिरमा दर्शन गर्नुभयो भने तपाईमा थप उर्जा मिल्नेछ । 
 
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
स्वास्थ्यमा सुधार हुनेछ । मनमा प्रसन्नता छाउने छ । लामो दूरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । साँझपख शिवालयमा जाँदा मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । 


कस्तो लाग्यो ?

यो पनि