असोज ०६, २०८१, आइतबार
               

नेपालमा निम्न चापीय प्रणालीको प्रभाव

नेपाल फ्ल्यास
कात्तिक २२, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालमा अरब सागरमा विकसित भइरहेको निम्न चापीय प्रणालीको प्रभाव परेको छ । जसकारण सोमबार बिहान देशभर आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

दिउँसो प्रदेश १ र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य प्रदेशमा आंशिक बदली रहनेछ। प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मंगलबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ र गण्डकीका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि