असोज ०६, २०८१, आइतबार
               

आज कुन राशीलाई कस्ताे लाभ ?

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

काठमाडौं  । ७ नोभेम्बर । कात्तिक शुक्लपक्ष तृतीया, ज्येष्ठा नक्षत्र, चन्द्रमा वृश्चिक राशिमा रहेको छ । सूर्योदय बिहान ६ बजेर १९ मिनेट र सूर्यास्त ५ः१४ मिनेटमा हुनेछ । आजको देवता र ग्रह दुवै चन्द्र रहेको छ ।

आइतबारलाई आदित्यबार पनि भनिन्छ । आइतबार बिहान सूर्योदयको दर्शन गर्नु उत्तम मानिन्छ । कुनै पनि नयाँ कार्य गर्दा आइतवारबाट  पनि सुरु गर्न सकिन्छ ।

आज अभिजित मुहूर्त ११ः२६ देखि सुरु भएर मध्यान्ह १२ः१० सम्म रहनेछ । यो मुहूर्त शुभकार्यका लागि उपयुक्त मानिन्छ । त्यसैले कुनै शुभ कार्य गर्दा यो समयलाई लिन सकिन्छ ।                          
आजको राशिफल :

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ)
स्वास्थ्यमा समस्या हुनसक्छ ख्याल राख्नुहोला । मनमा अनेक सोच र चिन्ता छाउने छ । त्यसैले मेष राशिका जातकले सकारात्मक सोच राख्नु होला । आकस्मिक संकट आउनसक्ने छ । आर्थिक व्यय हुनेछ । आजको दिन नियमित कार्यबाहेक नयाँ कामका अघि बढ्नु बेश हुनेछ ।  
                
वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)
अर्थलाभ हुनेछ । व्यापार ब्यवसायबाट नसोचेको आर्थिकलाभ प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनाका साथै यात्राको अवसर प्राप्त हुनेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । तपाईँको मनमा सकारात्मक सोच र खुसी हुने खबरले उत्साह थपिने छ । 
 
मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)
स्वास्थ्यमा सुधार हुनेछ । धनलाभ र नयाँ सुखद खबरले तपाईँलाई खुसियाली छाउने छ । घर परिवार र आफन्तसँग केही विषयमा विवाद हुनसक्छ । त्यसैले आजको दिन कम बोल्ने र अर्काका कुरा सुन्ने गर्दा राम्रो हुनेछ । राम्रो काम गर्न खोज्दा पनि अनावश्यक आरोप लाग्न सक्छ । 
 
कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)
आजको दिन यात्रा गर्न लाग्नु भएको छ भने यात्रामा बाधा आउनसक्छ । तपाईँले सोच र परिवारका कुरा नमिल्दा नकारात्मक सोच आउनसक्छ । त्यसैले आजको दिन सोच विचार पुर्याएर निर्णय गर्नु बेस हुनेछ । नियमित कामबाहेक अन्य नयाँ कामको लागि दिन उपयुक्त छैन ।  
      
सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)
सिंह राशिका जातकले आइतबार बिहान सूर्योदयको दर्शन गर्नुहोला । तपाईलाई अनावश्यक विवाद हुनसक्छ । आजको दिन भुलेर पनि कसैसँग विवाद नगर्नुहोला । पारिवारिक समस्याका कारण मनमा अनेक समस्या उत्पन्न हुनसक्छ । त्यसैले आजको दिन मौन रहेक आफ्नो कार्य गर्नुहोला । 
 
कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) 
छोटो दूरीको यात्रा हुनसक्छ । नयाँ मित्रमण्डलीसँगको भेटले काममा उत्साह थपिने छ । आफन्त र मित्रजनबाट साथ र सहयोगको प्रस्ताव आउनसक्छ । आजको दिन नयाँ बस्त्र खरिद गरेर लगाउन राम्र्रो हुनेछ । कुनै कन्यालाई फल र दक्षिण दिनुभयो भने तपाईँलाई उनको आशीर्वादले तपाईँमा सकारात्मक सोच बढ्ने छ । 

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते)
मानसिक असन्तोष र तपाईले सोच अनुसारको काम नहुँदा चिन्ता हुनसक्छ । त्यसैले मनमा सकारात्मक सोच राखेर काम गर्न आवश्यक छ । व्यापार व्यवसायमा हुनुहुन्छ भने आजको दिन तपाईँलाई हानीहुनसक्छ । यस्तो अवस्थामा धैर्यको आवश्यकता हुन्छ । आत्तिनु र दुःखी हुन भन्दा पनि सकारात्मक सोच राखेर अघि बढ्नु होला । 
 
वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)
चन्द्रमाको प्रभावले सोचेका काम बन्नेछन् । बिहान सूर्योदयको दर्शन गरेर अघि बढ्नु होला । मनमा प्रसन्नता र उत्साह बढ्ने छ । तपाईँले कुनै नयाँ कामको शुरुवात समेत गर्न सक्नुहुनेछ । आज शुरुवात गरेको कामबाट एक महिनाभित्र सफलता प्राप्त हुनेछ । 
 
धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)
सन्तानबाट सुख र स्त्रीजातिको साथ सहयोगले तपाईँले राम्रो काम गर्नुहुनेछ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन ब्यर्थमा समय खर्च र अनावश्यक आर्थिक भार थपिने छ । त्यसैले काम गर्दा विचार पुर्‍याउनु होला। आजको दिन मित्रमण्डलीबाट असहयोग हुनसक्नेछ । 
 
मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)
व्यापारबाट लाभ हुनेछ । परिवार र आफन्तजनको साथ सहयोगबाट तपाईँले नयाँ काम शुरुवात गरौं भन्ने सल्लाह आउनसक्छ । सकारात्मक सोच र मनमा उर्जा थपिने छ । आफूले गरिरहेको कामबाट मानसम्मान प्राप्त हुनसक्छ । आफ्नो कर्मयात्रामा हिँडिरहेकालाई नसोचेको सम्मान मिल्नसक्छ ।  
 
कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)
मनमा प्रसन्नता छाउने छ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम  र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईँलाई हौसला दिनेछन् । सामाजिक काममा मन जानेछ । 
 
मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)
बिहान सूर्योदयको दर्शन गरेर नजिक वा देवालयको दर्शन गर्नु उत्तम छ । आजको दिन तपाईँले गर्ने काममा सकारात्मक सोच आउने छ । अध्ययन अध्यापनको क्षेत्रका कार्य गर्ने मीन राशिका जातकले आजको दिन विहान सूर्यस्तोत्र पाठ गर्दा सकारात्मक सोच बढ्नेछ । तपाईले गर्न खोजेको काममा पनि सफलता मिल्नेछ । 


कस्तो लाग्यो ?

यो पनि