बैशाख ०८, २०८१, शनिबार
               

महोत्तरीमा हाइस दुर्घटना, पाँच जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

काठमाडौंबाट उदयपुर जाँदै गरेको बा३ख ९७८८ नम्बरको हाइस दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

महोत्तरीकाे बर्दिबासस्थित पाटु भन्ने ठाउँमा अनियन्त्रित भई हाइस दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन्।

घाइते सबै जनालाई स्थानीयहरूले उद्धार गरी जनसेवा अस्पताल पुर्‍याएका छन्। ब्रेक फेल भई हाइस मूल सडकबाट खेतमा खसेको चालक अमर माझीले बताएका छन्।

चालक माझीलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बर्दिबासले नियन्त्रण लिएको छ। घाइते कसैको पनि सनाखत हुन सकेको छैन।


कस्तो लाग्यो ?

यो पनि