बैशाख २२, २०८१, शनिबार
               

आगलागी हुँदा डेढ करोड बराबरको क्षति

नेपाल फ्ल्यास
कात्तिक १९, २०७८

ADVERTISEMENT

उदयपुरको त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउसमा लक्ष्मीपूजाको रात बिद्युत सर्ट भई आगलागी भएको छ । राती करिव १२ः ४५ बजेतिर एक्कासी बिद्युत सर्ट भएर आगलागी भएको हो । 

त्रियुगा नगरपालिका–१२ डिएमग्रेटस्थित किस्मत अलीको घर भाडामा लिई ऊँ रौतारानी हाउस एण्ड सप्लार्यस तथा रिकन्डिसन हाउस सञ्चालन गर्दै आएको टेकबहादुर दाहाल र राजकुमार राउतको पसलमा आगलागी भएको हो  । साँझ दिपावली गरेर हिडेका उनीहरुको पसलमा एक्कासी बिद्युत सर्ट भई आगलागी भएको स्थानीले बताए ।

राति अचानक आगलागी भएपछि स्थानीयबासीले प्रहरीलाई खबर गरेका थिए । स्थानीयबासी, प्रहरी, बारुद यन्त्रको सहयोगमा ३ घण्टापछि आगो नियन्त्रणमा लिएको जनाएका छन् । 

आगलागीबाट ३५ वटा मोटर साईकल, ३ वटा ल्यापटप, सिसि क्यामेरा, प्रिन्टर, मोटर पार्टसका सामान, मेसिन लगायतका करिब १ करोड ५० लाख भन्दा बढीको क्षति भएको सञ्चालक टेकबहादुर दाहालले बताए । 


कस्तो लाग्यो ?

यो पनि