बैशाख ११, २०८१, मंगलबार
               

बेमौसमी वर्षा : एउटै नगरपालिकामा एक करोड ८७ लाखको धान क्षति

नेपाल फ्ल्यास
कात्तिक १८, २०७८

ADVERTISEMENT

दुई साता अघिको बेमौसमी वर्षाका कारण शितगंगा नगरपालिकामा मात्र १ करोड ८७ लाख रुपैयाँको धानबालीमा क्षति पुगेको छ । नगरपालिकाले १४ मध्ये १३  वडामा क्षतिको विवरण संकलन गर्दा ७ सय ६६ किसानको ७९ हजार क्विन्टल धानमा क्षति पुगेको पाइएको हो ।

धानबालीमा १ करोड ८७ लाख ७३ हजारको क्षति पुगेको तथ्यांक अनुसार प्रदेश र संघ सरकारसँग राहत माग गरिएको उपमेयर टीका रेश्मीले जानकारी दिए। 

कहाँ कति क्षति ?

शितगगा- १ मा १३ जना किसानको २ सय ४ क्विन्टल, २ मा १३ किसानको १ सय १४ क्विन्टल, ३ मा ३० किसानको ४ सय ६ क्विन्टल, ४ मा २६ जना किसानको ४ सय ३८ क्विन्टल, ५ मा १६ किसानको १ सय ७७ क्विन्टल र ६ मा २७ किसानको ३ सय १४ क्विन्टल धान क्षति भएको तथ्यांक छ  ।

त्यस्तै, शितगंगा-७ मा २५ किसानको ३ सय ३५ क्विन्टल, ८ मा चार किसानको १६  क्विन्टल, १० मा ५० किसानको ६ सय ३० क्विन्टल, ११ मा १ सय २२ किसानको १ हजार ७ सय १५ क्विन्टल,  १२ मा ४८ किसानको ६ सय १० क्विन्टल, १३ मा १ सय ४८ किसानको ३ हजार २ सय २ क्विन्टल र १४ मा २ सय ४४ जना किसानको २ हजार ७ सय ९७ क्विन्टल धानमा क्षति पुगेको कृषि शाखा प्रमुख अनिल शर्माले जानकारी दिए ।

संघ सरकारले बेमौसमी वर्षाका कारण धानबालीमा भएको क्षतिका आधारमा राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि