बैशाख २४, २०८१, सोमबार
               

ड्रोनको सहयोगबाट खोजी गरी गाँजाखेती नष्ट गर्दै प्रहरी

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

हेटौंडा । मकवानपुरका विभिन्न स्थानमा लगाइएको अवैध गाँजाखेती प्रहरीले ड्रोनको सहयोगबाट खोजी गरी नष्ट गर्न थालेको छ।

आइतबारदेखि तीन दिनसम्म मकवानपुरको कैलाश गाउँपालिकामा मात्रै ४५ बिघा १० कठ्ठा क्षेत्रफलको गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ। प्रहरी निरीक्षक अविनाश खड्काको कमाण्डमा खटिएको ७२ जनाको टोलीले कैलाश गाउँपालिका वडा नम्बर ४, ७, ९ र १० मा लगाइएको गाँजाखेती फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मंगलबार मात्रै प्रहरीले मकवानपुरको कैलाश गाउँपालिका–९ को गैरीखेत, खुमलटार, बेलटार, सागिनी, कैलाश गाउँपालिका–४ को बैठकडाँडा, तकुवा, आमडाँडा र कैलाश गाउँपालिका–१० को भालटारमा १८ बिघा लागुऔषध गाँजाखेती नष्ट गरेको प्रहरीले जनाएको छ।

प्रहरी प्रधान कार्यालय लागूऔषध नियन्त्रण ब्युरो काठमाडौं, बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, बागमती प्रदेश दंगा प्रहरी नियन्त्रण गण हेटौंडा, जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले मकवानपुरमा ड्रोनको सहायतामा गाँजा खेती खोजी गर्दै फँडानी गर्ने कार्यलाई तीव्रता दिएको छ।


कस्तो लाग्यो ?

यो पनि