असोज ०६, २०८१, आइतबार
               

कुन प्रदेशमा छ आज हिमपातको सम्भावना ?

नेपाल फ्ल्यास
कात्तिक १७, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बुधबार कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 

राति प्रदेश १ र गण्डकीका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

बिहीबार प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । 


कस्तो लाग्यो ?

यो पनि