असोज ०६, २०८१, आइतबार
               

अवैध काठसहित ट्याक्टर नियन्त्रणमा

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

बुटवल । रुपन्देही प्रहरीले अवैध काठसहित ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय धकधईका प्रमुख प्रहरी नायव निरीक्षक हरिनारायण श्रेष्ठको नेतृत्वमा खटिएको टोलीले रुपन्देहीको रोहिणी गाउँपालिका–४ पकडिहवाबाट उक्त काठ र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

लु२त ४६११ नम्बरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा सगुन र बकाइनोका ५२ गोलिया काठ बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

ट्याक्टरसहित करिब सात लाख ५० हजार मूल्य बराबरको काठ बरामद गरी आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय रुपन्देही पठाइएको थापाले जानकारी दिए । चाडपर्वका बेला तस्करी बढेको भन्दै रुपन्देही प्रहरीले ठाउँठाउँमा गस्ती टोली खटाएको छ ।


कस्तो लाग्यो ?

यो पनि