असोज ०६, २०८१, आइतबार
               

नेपालगञ्जमा सीता एयरको विमान बँदेलसँग ठोक्किएर दुर्घटना

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालगञ्ज विमानस्थलको धावनमार्गमा सीता एयरको विमान बँदेलसँग ठोक्किएर दुर्घटना भएको छ ।

आज बिहान हुम्लाको सिमिकोट उडान भर्ने क्रममा १४ जना यात्रु र कार्गो बोकेको उक्त विमान धावनमार्गमा बँदेलसँग ठोक्किएको बताइएको छ । उडान भर्नुअघि धावनमार्गमा गुडिरहेको बेला जहाज बँदेलसँग ठोक्किएको विमानस्थल स्रोतले जनाएको हो ।

दुर्घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । सबै यात्रु र चालक दलका सदस्यहरु सकुशल रहेको स्रोतको भनाइ छ । विमानको अगाडि र पछाडिको टायरको बीच भाग (तल्लो पेट) मा प्वाल परेको बताइएको छ ।

यो पनि