बैशाख २८, २०८१, शुक्रबार
               

दाङमा जुवा खेलिरहेका २० जना जुवाडे पक्राउ

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । प्रहरीले दाङमा साढे चार लाखभन्दा बढी नगदसहित २० जना जुवाडेलाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका– १४ रझेनाका यज्ञ खड्काको घरमा आइतबार राति करिब ९ बजे उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।

अवैधरुपमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट गएको प्रहरी टोलीले ४ लाख ६४ हजार रुपैयाँ नगदसहित २० जनालाई पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्नेमा घोराही– १५ का ४२ वर्षीय यज्ञप्रताप बस्नेत, ५१ वर्षीय रामप्रसाद गिरी, २८ वर्षीय मानबहादुर बूढा मगर, ५० वर्षीय रगेन्द्र श्रेष्ठ, घोराही– १४ का २९ वर्षीय लालबहादुर अमल, घोराही–१५ का ५७ वर्षीय शरद लामिछाने, घोराही–१२ का ५२ वर्षीय कुलराज वली, जुवाको खालबाट रोल्पा रुन्टीगढी गाउँपालिका ४३ वर्षीय रूपलाल बिक रहेका छन् ।

त्यस्तै घोराही–१५ का ५७ वर्षीय महावीर वली, सोही ठाउँका ५२ वर्षीय चेतनाथ धिताल, ४६ वर्षीय सुवास धिताल, ४२ वर्षीय विकास खत्री, ४२ कै प्रमोद गौतम, घोराही–४ गोग्लीका ६२ वर्षीय श्रीधर अधिकारी, घोराही– ५ का ५७ वर्षीय नबिन पछाँँई, घोराही–१९ का ५६ वर्षीय ईश्वर रायमाझी, घोराही–१४ का २५ वर्षीय यज्ञ खड्का, घोराही–१४ का २४ वर्षीय कमल घर्ती, घोराही–१६ का ३४ का रबी गिरी र घोराही– १८ का ४९ वर्षीय समिर लामा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले जिल्लामा पछिल्लो समय जुवाविरुद्ध कारबाही तीव्र पार्दै लगेको छ । तुलसीपुर र घोराही क्षेत्रबाट प्रहरीले दिनहुँ जसो जुवा खालहरुमा छापा मारेर जुवाडेहरूलाई पक्राउ गर्दै आएको छ । पक्राउ परेका जुवाडेहरुमाथि अनुसन्धान भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि