बैशाख २०, २०८१, बिहीबार
               

आजको मौसम : कहाँ हुन्छ बढी हिमपात ?

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।

महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकाको धेरै स्थानमा पहिलेको तुलनामा चिसो बढेको छ भने अन्य बाहिरी जिल्लाहरुका केही स्थानमा पनि चिसो बढेको छ ।

साथै केही प्रदेशका उच्च एवं हिमाली जिल्लाहरुमा हल्का वर्षा र हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको  सम्भावना रहेको  छ भने उच्च पहाडी तथा हिमाली भू–भागका  एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ  भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई  स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि