बैशाख १९, २०८१, बुधबार
               

यी स्थानमा हुन्छ आज हिमपात

नेपाल फ्ल्यास
कात्तिक १५, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (सोमबार) देशभर मौसमको प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यका लगायत धेरै स्थानमा मौसम परिवर्तन भएको छ ।

काठमाडौं उपत्यकामा पहिलेको तुलनामा मौसम चिसो भएको छ । साथै, तराईका केही स्थानमा भने हल्का गर्मी नै कायम रहेको छ भने केही पहाडी भू–भागमा हल्का हिमपात र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भू–भागमा  मौसम सामान्यतया सफा रहने छ । पहाडी भू–भागका एक–दुई  स्थानहरुमा  हल्का वर्षाको संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यसैगरी राति पनि देशको पहाडी भू–भागमा आंशिक बदली रहने छ  भने बाँकी भू–भागमा सामान्यतया सफा रहने छ । प्रदेश १, गण्डकी र कर्णाली प्रदेशको थोरै स्थानहरुमा हल्का वर्षाको  संभावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि