जेठ ०३, २०८१, बिहीबार
               

सर्वोच्चमा वकिलहरू : कोही सेतो र कोही कालो पट्टी बाँधेर उत्रिए

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

 प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको राजीनामा माग्दै नेपाल बार एशोसिएसनको अगुवाइमा कानून व्यवसायीहरुले सर्वोच्च अदालतमा कालोपट्टी बाँधेर विरोध कार्यक्रम गरेका छन् ।

एशोसिएसनले आइतबार बिहान १० बजेदेखि ११ बजेसम्म कालोपट्टी बाँधेर सर्वोच्च अदालतमा विरोधको कार्यक्रम गरेको हो । विरोधको यो कार्यक्रम तीन दिनसम्म हुने नेपाल बार एशोसिएसनले जनाएको छ ।

यता नेपाल बार एसोसिएसनले कालो पट्टी बाँधेर सर्वोच्च अदालत अगाडि विरोध गर्दा केही वकिल भने सेतोपट्टी बाँधेर बार अगाडि उत्रिएका छन् ।

'बाजे वकिल' को नामबाट चिनिएका कृष्णप्रसाद भण्डारी, पूर्वसभामुखसमेत रहेका दमननाथ ढुंगानालगायत कालोपट्टी बाँधेर विरोधमा उत्रँदा भूमिनन्द ढकाल, स्वागत नेपाललगायत भने बार परिसरमा सेतो पट्टी लगाएर उभिएका थिए ।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले राजीनामा माग्दै विरोध गरिरहेकाे हाे । 


कस्तो लाग्यो ?

यो पनि