बैशाख २०, २०८१, बिहीबार
               

डडेल्धुरामा बस दुर्घटना, १० जना घाइते

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

डडेल्धुरा । डडेल्धुरामा बस दुर्घटनामा १० जना घाइते भएका छन् । आलिताल गाउँपालिका– १ स्थित घण्टेश्वर मन्दिर नजिक  ना ८ ख ६१३२ नम्बरको बस दुर्घटनामा परेको हो । 

बस दार्चुलाबाट महेन्द्रनगर जाँदै गरेको डडेल्धुरा प्रहरीले जनाएको छ । बस सडकबाट करिब १ सय मिटर तल खसेको थियो । बसमा ३२ जना सवार रहेको र १० जना घाइते भएको डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए ।

डीएसपी नेपालका अनुसार घाइतेलाई उपचारका लागि धनगढी लगिएको छ । दुई जनाको अवस्था गम्भीर छ ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका– ६ की ४५ वर्षीया बिर्मा ओड, ५० वर्षीय रम्चि ओड, दोगडाकेदार गाउँपालिका– ८ का ३२ वर्षीय मानसिंह कार्की, दोगडाकेदार– ६ का ३० वर्षीय देवदत्त जोशी, पुर्चौँडी नगरपालिका–१० का ३० वर्षीय चन्द्रबहादुर विष्ट, दोगडाकेदारकै ३५ वर्षीय प्रकाश विष्ट र केशव दत्त जोशी रहेका प्रहरीले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि