जेठ ०२, २०८१, बुधबार
               

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता थपलियाको राजीनामा

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता ओमप्रकाश थपलियाले पदबाट राजीनामा दिएका छन् । उनले बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष राजीनामा दिएको हो ।

नेकपा (एमाले)ले बागमती प्रदेशको नेतृत्व गर्दा मुख्य न्यायाधिवक्तामा नियुक्त भएका थपलियाले प्रदेशमा नयाँ मुख्यमन्त्री नियुक्त भएपछि राजीनामा दिएको हो । एमाले संसदीय दलका नेता अष्टलक्ष्मी शाक्यले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि थपलियाले पनि राजीनामा दिएको हो । विसं २०७६ साउन १२ गते तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलको सिफरिसमा उहाँ मुख्य न्यायाधिवक्तामा नियुक्त भएको थियो । 
मुख्य न्यायाधिवक्ता प्रदेश सरकारको कानूनी सल्लाहकार हुने व्यवस्था छ । उनले आफूले पाएको जिम्मेवारी प्रभावकारीरुपमा पूरा गरेको बताए । 


कस्तो लाग्यो ?

यो पनि