बैशाख २१, २०८१, शुक्रबार
               

सिके राउतका कार्यकर्ताले प्रधानाध्यापकलाई कालोमोसो दले

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

सिके राउत नेतृत्वका विद्यार्थी संगठनले सबैला नगरपालिकास्थित एक विद्यालयका प्रधानाध्यापकलाई कालोमोसो दलेकाे छ ।

शुक्रबार सबैलास्थित फकिर चन्द उच्च मावि बरकुर्वा, रघुनाथपुर धनुषाका प्रधानाध्यापक बैजु साहलाई राउन नेतृत्वका विद्यार्थी संगठनले
कालोमोसो दलेकाे हाे ।

उनीहरूले विद्यार्थीहरुले नियमित पठन–पाठन हुनु पर्ने र शिक्षकको व्यवस्थापन हुनु पर्ने, विभिन्न शुल्कको नाममा लिइएको रकमको बिल विद्यार्थीहरुले पाउनु पर्ने, कक्षा ११ र १२ का विद्यार्थीहरुले पुस्तक पाउनुपर्ने माग राख्दैचार दिनदेखि आन्दोलित छन् ।

यसअघि यही शैलीमा एक कर्मचारीलाई जनमत पार्टीका कार्यकर्ताहरुले अर्धनग्न बनाएर नगर घुमाएका थिए। सो आरोपमा जनमत पार्टीका १७ जना कार्यकर्तामाथि मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको छ।


कस्तो लाग्यो ?

यो पनि