बैशाख २१, २०८१, शुक्रबार
               

विदेशबाट ल्याएको सुन र मोवाइल सिनामंगलमा लुटपाट

नेपाल फ्ल्यास
कात्तिक १२, २०७८

ADVERTISEMENT

काठमाडौं । विदेशबाट फर्किएका सप्तरीको सुरुङ्गा नगरपालिका–७ बस्ने ३५ वर्षीय अजयकुमार चौधरी लुटिएका छन् । कतारबाट फर्केका चौधरीलाई बिहीबार राती ४ जना अपरिचित व्यक्तिहरुले एयरपोर्टबाट तीनकुनेतर्फ आउँदै गर्दा लुटेका हुन् ।

चौधरी चढेको बा.२ ज १०९५ नम्बरको ट्याक्सीलाई ‘हामी सिआइडी हौं’ भन्दै रोकेर आरोपीहरुले कतारबाट ल्याएको २५ ग्राम सुन, एउटा मोवाइल र  ६ सय कतारी रियाल समेत गरी २ लाख ४२ हजार रुपैयाँ बराबरको धनमाल लुटेका हुन् ।

लुटमा संलग्नहरूबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले बताए । मोटरसाइकलमा आएका ४ जनाले विमानस्थलदेखि नै फलो गरेर उनलाई लुटेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । महानगरीय प्रहरी वृत्त नयाँ बानेश्‍वरले घटनाबारे अनुसन्धान गरिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि