असोज ०६, २०८१, आइतबार
               

यस्तो छ आजको मौसम

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

काठमाडौं । आज बुधबार मुलुकका थोरै स्थानमा वर्षाको  सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसममा उल्लेखनिय प्रणाली छैन, जसले नेपालको मौसम प्रणालीलाई असर गरोस् ।

यद्यपि, दिउँसो पहाडी भूभागमा बदली रहने र देशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । 

राति पहाडी भूभागका एकरदुई स्थानमा वर्षाको सम्भावना छ । 

बिहीबार पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । 


कस्तो लाग्यो ?

यो पनि