असोज ०६, २०८१, आइतबार
               

मुस्कानको थप उपचारका लागि पाँच लाख सहयोग

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

प्रदेश नं २ सरकारले पर्सा वीरगञ्जका एसिड पीडित मुस्कान खातुनाको थप उपचारका लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ । 

मन्त्रिपरिषद्को आज बसेको बैठकले एसिड पीडित खातुनाको थप उपचारका लागि रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको हो । वीरगञ्ज–४ स्थित गणेशमान चोकमा २०७६ भदौ २० गते दुई युवकले मुस्कानमाथि एसिड प्रहार गरेका थिए ।

 यसअघि खातुनको उपचारका लागि सङ्घीय सरकारले पनि तीन लाख सहयोग उपलब्ध गराएको थियो । यसैगरी उनको उपचारका लागि वीरगञ्ज महानगरपालिका कार्यालयले दुई लाख र नगर प्रमुख विजय सरावगीको तलब भत्ताबाट एक लाख गरी जम्मातीन लाख सहयोग गरेको थियो । यसअघि प्रदेश सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई पनि पाँच लाख सहयोग गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि