असोज ०६, २०८१, आइतबार
               

आज वर्षाको सम्भावना, उच्च पहाडी भूभागमा हिमपात

नेपाल फ्ल्यास
कात्तिक ०९, २०७८

ADVERTISEMENT

काठमाडौं । मंगलबार (आज) बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा बदली रहेको छ ।

दिउँसो देशका थोरै स्थानमा  हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीका कारण वर्षा हुन थालेको हो । राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र तराईमा आंशिक बदली  रहने छ ।

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना छ । 


कस्तो लाग्यो ?

यो पनि