बैशाख २३, २०८१, आइतबार
               

लमजुङ केन्द्रविन्दु भएर भूकम्प

नेपाल फ्ल्यास
कात्तिक ०८, २०७८

ADVERTISEMENT

पहाडी जिल्ला लमजुङमा भूकम्पको धक्का महसुस भएको छ । जिल्लास्थित मस्र्याङ्दी गाउँपालिका–३ खुदी आससास केन्द्रविन्दु बनाएर आज राति ८ बजेर ३०  मिनेट जाँदा ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भूकम्पले जिल्लावासीलाई त्रसित बनाएको छ । भूकम्प जानासाथ  स्थानीयवासी घरबाट सडक गल्लीमा निस्केका थिए । मानवीय क्षतिबारे जानकारी भने केही नआएको जिल्ला प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए । उनले भने, “हालसम्म मानवीय क्षति भएको खबर प्राप्त नभए पनि भूकम्प जाँदा त्रसितका कारण सर्वसाधरणहरू घरबाहिर निश्केका थिए ।”


कस्तो लाग्यो ?

यो पनि