जेठ ०३, २०८१, बिहीबार
               

प्रधानमन्त्री देउवाले प्रदेश नं १ का बाढी, पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्दै

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८

ADVERTISEMENT

प्रधानमन्त्री शेरबहादुर देउवा आज प्रदेश नं १ को बाढी र पहिरो प्रभावित क्षेत्रको  निरीक्षण गर्ने भएका छन् । इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काका अनुसार प्रधानमन्त्री देउवाले मोरङ र सुनसरीको बाढी प्रभावित क्षेत्रमा आज बिहान  निरीक्षण गर्ने कार्यक्रम  छ ।

उनले आजै इलाम र पाँचथर जिल्लाको पहिरो प्रभावित क्षेत्रको समेत हवाई निरीक्षण गर्ने कार्यक्रम छ । निरीक्षणपछि प्रधानमन्त्री देउवाले ती दुई जिल्लाका सीमामा रहेको राँके बजारमा प्रमुख जिल्ला अधिकारीसँग पहिराले पुर्‍याएको क्षति, उद्धार तथा राहतका बारेमा जानकारी लिनुहुने प्रजिअ खड्काले जानकारी दिए । 

हालै आएको बेमौसमी वर्षाका कारण प्रदेश नं १ मा बाढी र पहिराबाट ६२ जनाको मृत्यु, २०  घाइते र १३  बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयका सूचना समन्वय अधिकृत नबीनराज राईले जानकारी दिए । प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति पाँचथर जिल्लामा भएको छ । जिल्लामा २८ को मृत्यु, १० घाइते र छ बेपत्ता भएका छन् । जिल्लाको कम्मायक, मिक्लाजुङ र फाल्गुनन्द गाउँपालिका तथा फिदिम नगरपालिका पहिराले क्षति पुर्‍याएको छ ।

यसैगरी इलाम जिल्लामा बाढी र पहिराका कारण १४ जनाको मृत्यु, पाँच घाइते र एक बेपत्ता छन् । माङ्सेबुङ र फाकफोकथुम गाउँपालिका, माई र देउमाई, सूर्योदय नगरपालिका पहिराले क्षति पुर्‍याएको जनाइएको छ  ।


कस्तो लाग्यो ?

यो पनि