असोज ०६, २०८१, आइतबार
               

यी स्थानमा छ आज पनि वर्षा र हिमपातको सम्भावना

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । देशका केही भू–भागमा आज पनि वर्षा हुने भएको छ । नेपालमा पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेकाले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज देशभर सबै प्रदेशका थोरै–थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

साथै उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावनासमेत रहेको छ । महाशाखाले सम्बन्धित क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि